नेपालको लगातार चौथो हार

डिसी नेपाल
१ मंसिर २०७६ १७:५२

काठमाडौं। अन्डर १९ एकदिवसीय क्रिकेट खेल्न भारतको गएको नेपाली युवा टिम चार खेलमा लगातार पराजित हुँदै जितबिहीन स्वदेश फर्किने भएको छ।

भारतको हरियाणामा आइतबार भएको चौथो खेलमा नेपाल भारतको अन्डर–१९ को ‘सी’ टिमसँग १५३ रनको फराकिलो अन्तरले पराजित भयो। प्रतियोगिता अन्तर्गत नेपालले यस अघि खेलेको तिन वटै खेलमा हार बेहोरेको थियो। तेस्रो स्थानका लागि आइतबार भएको खेलमा पनि नेपाल पराजित भएको हो।

पहिलो खेलमा यू–१९ ‘सी’ संग १० विकेटले , भारत यू–१९ ‘ए’ संग १०७ रनले तथा भारत यू–१९ ‘बि’ संग २ विकेटले नेपाल पराजित भएको थियो।

अन्तिम खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै भारत यू १९ ‘सी’ ले दिएको २५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३२.५ ओभरमा १०३ रन बनाउँदा अलआउट भयो।

नेपालले शुरुदेखि नै लगातार विकेट गुमायो। ओपनर रित गौतम खाता नखोली तथा लोकेस बम ६ रन बनाएर आउट भए भने तेश्रो नम्बरका विशाल विक्रम केसी पनि खाता नखोली आउट भए।

तृत राज दास र खडक बोहराले क्रमसः १९ र २६ रन बनाएर चौथो विकेटको लागि ४६ रनको साझेदारी गरे। हरि बहादुर चौहान २, कुशल मल्ल २६, शेर मल्ल ९, बिबेक यादब ६ तथा आकास चन्द ५ रन बनाएर आउट भए।

भारतीय टिमको बलिङ्गमा शुभांग हेग्डेले सर्वाधिक ३ विकेट लिए भने विद्याधर पाटिल, रभी रोशन सिंह र प्रदोष पौलले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको भारत यु(१९ ‘सी’ टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५८ रन बनाएको थियो।

भारतीय टिमको लागि सौरभ कुमार डगरले सर्वाधिक ५८ रन बनाए यस्तै विक्रान्त सिंह भडोरियाले ५० रन बनाए।

नेपालको बलिङ्गमा बायाँ हाते स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट। लिए उनले १० ओभरमा २ मेडन ओभर गर्दै ३७ रन खर्चिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *