पारसको आबुधाबीको कसिलो बलिंग, पायो ९३ रनको लक्ष्य

डिसी नेपाल
१ मंसिर २०७६ १८:०४

काठमाडौं। यूएईमा जारी टी टेन क्रिकेट लीगको आइतबारको खेलमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध रहेको टिम आबुधाबीले ९३ रनको लक्ष्य पाएको छ।

पहिला ब्याटिंग गरेको नर्दन वारियर्सले १ विकेटमा ९२ बनायो। नर्दन वारियर्सका लागि आन्द्रे रसेलले नटआउट ३७ रन बनाए भने अर्का नटआउट ब्याट्सम्यान साम विलिंगले ३५ रन बनाए।

विकेट नगुमाए पनि वारियर्सले उच्च स्कोर भने बनाउन सकेन। रसलले ३७ रन बनाउन २७ बल खेलेका थिए।

नर्दनको ब्याटिंग हेर्दा पीच स्लो भएको देखिएको छ। बल ब्याटमा नआउँदा नर्दनका ब्याट्सम्यानहरु ठूला प्रहार गर्नबाट चुकेका थिए।

त्यसैल पनि ९३ रनको चुनौती बलियो हुने देखिएको छ। पारसले समेत मौका पाएको खेलमा जवाफी ब्याटिंग गर्न आबुधाबी केही समयपछि मैदानमा आउने छ। अलराउण्डर पारसले बलिंग गर्ने मौका भने पाएनन्। कप्तान मोइन अलीले उनलाई बल दिएनन्।

वारियर्सले पहिलो खेल जितेको छ भने आबुधाबीले पहिलो खेल बराबरी खेलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *