नाटकीय रुपमा हार्यो सन्दीपको टीम

डिसी नेपाल
१ मंसिर २०७६ २१:२३

काठमाडौं। यूएईमा जारी टी टेन लीगमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध कर्नाटका टकर्स पाँच विकेटले पराजित भएको छ।

टकर्सले दिएको ११५ रनको लक्ष्य बांगला टाइगर्सले ९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

बांगलाका आन्द्रे फ्लेचरले विस्फोटक ब्याटिंग गरेपछि उसले जितको आधार बनाएको थियो। सन्दीपको बलमा आउट हुनुअघि उनले १५ बलमा ४० रन बनाएका थिए। बांगलाले पहिलो ३ ओभरमा ५५ रन जोडेको थियो।

सन्दीपले आफ्नो टिम कर्नाटाका टकर्सबाट घातक बलिंग गरे पनि जितका लागि पर्याप्त भने भएन। अन्य बलरले राम्रो बलिंग नगर्दा टकर्सले पहिलो हार ब्यहोर्यो।

११५ रनको लक्ष्य पछ्याएको बांगला टाइगर्सका ओपनर आन्द्रे फ्लेचरले विस्फोटक ब्याटिंग गरिरहेका बेला सन्दीपले विकेट लिँदै टकर्सलाई खेलमा फर्काएका हुन्। १५ बलमा ४० रन बनाएका फ्लेचरलाई सन्दीपले खेलको चौथो तथा आफ्नो पहिलो ओभरको दोस्रो बलमा स्टम्प आउट गराए। सो ओभरमा उनले मात्र ५ रन दिएका थिए।

आफ्नो दोस्रो ओभर खेलको पाँचौं ओभरमा फेरि घातक बलिंग गर्दै बांगलाका कप्तान थिसरा परेरालाई क्याचआउट गराए। सो ओभरमा बांगलाले अर्को विकेट रनआउटका रुपमा कोलिन इन्ग्रामलाई गुमाएको थियो।

यसअघि आतबारै भएको अर्को खेलमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध टिम आबुधाबीले पहिलो जित हात पारेको थियो। आबुधाबीले नदर्न वारियर्सलाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *