राम्सीको दुई गोलमा वेल्स युरोकपमा छनोट, स्लोभाकिया बाहिरियाे

डिसी नेपाल
४ मंसिर २०७६ ७:१७

एजेन्सी । वेल्स युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो ।

वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । सो खेलमा राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराए । १५ औ मिनेटमा पहिलो गोल गरेका उनले ४७ औ मिनेटमा दोस्रो गोल थपेका थिए ।

समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो ।

वेल्सको जितले स्लोभाकियाको युरोकप छनोटको सम्भावना सकियो । वेल्सको हार र बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पुर्याउने निश्चित थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *