एनआरएनए र मिस नेपाल अनुष्का श्रेष्ठबीच ७ बुँदे समझदारी

डिसी नेपाल
४ मंसिर २०७६ १०:४१

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) र मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारी-पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको सचिवालयमा भएको एक कार्यक्रमकाबीच दुवै पक्षबीच ७ बुँदे समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

सझदारी-पत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रमलाई प्रबद्र्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत मिस नेपाल अनुष्कालाई सहयोग गर्ने गरि समझदारी भएको हो । एनआएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले समझदारीपत्रको सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्य पूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङलगायतको सहभागिता थियो।

मिस नेपाल २०१९ अनुष्का मिस वल्डमा भाग लिन बुधबार बेलायत जाने कार्यक्रम छ । बेलायत जानुपूर्व सो समझदारी भएसँगै विश्वभरिका गैर आवासीय नेपाली संघलाई अनुष्कालाई मिस वल्डमा जिताउनको लागि सक्दो सहयोगको लागि सर्कुलर गरिने भएको छ । बेलायतमा आगामी डिसेम्बर १४ तारिखमा मिस वल्ड प्रतियोगिता हुँदैछ । जसको लागि अनुष्कालाई धेरै भन्दा धेरै भोटको आवश्यकता पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *