सिंहदरबारबाट गुडिरहेको ट्याक्सी रोकेर घर फर्किए गोकर्ण विष्ट

डिसी नेपाल
५ मंसिर २०७६ १५:३२
20
Shares

काठमाडौं । मन्त्रीमण्डल पुनर्गठन भएपछि मन्त्रीबाट बाहिरिएका निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन्।

बिहीबार नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका निवर्तमान मन्त्री विष्ट ट्याक्सी चढेर घर फर्किएका हुन्। उनी नवनियुक्त श्रममन्त्री यादवलाई बधाई तथा शुभकामना दिएर सिंहदरबारको दक्षिण गेटसम्म पैदल आएक थिए। त्यहाँबाट गुडिरहेको ट्याक्सी रोकेर आफ्नो घर सामाखुशीतर्फ लागेका हुन्।

निवर्तमान मन्त्री विष्टले मन्त्री हुँदा लिएको सरकारी गाडी बिहीबार बिहानै फिर्ता गरेका थिए। बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने बर्खास्त भएका थिए। उनले विहिबार बिहान अन्तीम पत्रकार सम्मेलन राख्दै निकै भावुक वक्तव्य दिएका थिए।

सम्मेलनमा बोल्दै उनले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका थिए।

उनले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको उल्लेख गर्दै भने, ‘मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु। सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *