सन्दीप ५ रनमा आउट हुँदा टिम हार्यो

डिसी नेपाल
५ मंसिर २०७६ २१:३९

काठमाडौं। यूएईमा जारी टी टेन लीग अन्तर्गत बिहीबार भएको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटाका टकर्स पराजित भएको छ। क्लान्दरसँग टकर्स ३२ रनले पराजित भएको छ।

१३१ रनको लक्ष्य पाएको टकर्सले ९ विकेटमा ९८ रनमात्र बनायो। सन्दीप लामिछाने ७ बलमा ५ रन बनाएर बोल्ड भएसँगै टिम पराजित भयो। यो हारसँगै टकर्सको अघिल्लो चरणमा प्रवेश असम्भव देखिएको छ। क्लान्दर भने जितसँगै चौथो नम्बरमा पुगेको छ।

टकर्सको ब्याटिंग नचलेपछि उसले हार व्योहोर्नु परेको हो।

यसअघि सन्दीपले ३० रन दिएर २ विकेट लिएका थिए। पहिलो ओभरमा २४ रन दिएका सन्दीपले दोस्रो ओभरमा २ विकेट लिएका थिए भने ६ रनमात्र दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *