मुख्यमन्त्रीद्वारा सडक अनुगमन, समयमै काम सक्न निर्देशन

डिसी नेपाल
७ मंसिर २०७६ १५:५८

हेटौँडा। प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी–इपा सडक तथा निजगढ काठमाडौँ द्रुत मार्गको अवलोकन तथा अनुगमन गरेका छन्।

अवलोकनका लागि उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपापञ्चकन्या लगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानकोसमेत अध्ययन गरे। भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकामा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौं जाने वैकल्पिक मार्गका रुपमासमेत प्रयोग गर्न सकिने बताए।

२६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिए। एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ। यो सडक सञ्चालन भएपछि काठमाडैं ईपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *