उत्तर कोरियाबारे ट्रम्पको विवादास्पद भनाईप्रति चीनले मुख खोल्यो
बेइजिङ । वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ। उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो।
आफ्नो शीतयुद्धकालीन सहयोगीमाथि दवाव दिने बिषयमा चीनले सहयोग नगरेको भन्दै अमेरिकी राष्ट्रपतिले उत्तरकोरियाबारे चीनप्रतिको धारणा दोहोराउनु भएको हो। ट्रम्पले यस पहिले विदेश मन्त्री माइक पोम्पेओको यसै साता हुने गरी तय भएको भ्रमण चीनको असहयोगका कारण रद्द भएको यसभन्दा पहिला नै जनाएका थिए।
सत्य, गैरजिम्मेवार र वेतुकको तर्कलाई बङ्ग्याउनु पहिले नै म जस्ता धेरै जनताले बुझेका छन् कि अमेरिका विश्वको पहिलो राष्ट्र हो, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सञ्चारकर्मीहरूसँगको नियमित भेटमा बताए। “यो तर्क सबैले सजिलै बुझ्न सक्दैनन्,” उनले भने।
प्योङयाङसँगको वार्ताका बिषयमा प्रगति नभएका कारण ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनमाथि प्रत्यक्ष आलोचना नगरेर अरू पक्षलाई दोष थोपर्नु गलत भएको चीनको बुझाई रहेको छ।
उनले थपे, “हामी चाहान्छौ कि उत्तर कोरियासँगको वार्तालाई अघि बढाउने सम्बन्धमा चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ । अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैलाई हेरोस्।”
ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटीलता थपिएको बताएका थिए। उत्तर कोरियासँगको सम्बन्धमा केही समस्या चीनसँगको ब्यापार विवादले ल्याएको ट्रम्पले बताएका थिए।
यद्यपि ट्रम्पले सी चीन फिङसँगको सम्बन्ध भने ‘धेरै राम्रो’ भएको र उत्तर कोरियाली नेता किमसँगको सम्बन्ध ‘अनुपम’ रहेको बताएका थियो। ट्रम्प, र किमबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment