कम्प्यूटर परीक्षा प्रणाली लागु गर्न कोरियाको प्रस्ताव

डिसी नेपाल
१२ मंसिर २०७६ १८:५५

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत लैजाने नेपाली कामदारको भाषा परीक्षा कम्प्यूटर प्रणालीबाट सञ्चालन गर्न कोरियाले नेपाललाई प्रस्ताव गरेको छ ।

बुधबार वैदेशिक रोजगार विभागका महानिर्देशक डाभीष्मकुमार भुसालसँग कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएकोले भेटघाट गरेर यस्तो प्रस्ताव गरेको ईपिएस शाखाका निर्देशक कृष्ण प्रसाद खनालले डिसी नेपाललाई बताए ।

उनका अनुसार इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ देशमध्ये नेपालले मात्रै कम्प्युटरबाट परीक्षा गर्न बाँकी रहेको जनाउँदै टोलीले यस्तो अनुरोध गरेको हो । भेटमा महानिर्देशक किमले कोरिया पुगेका नेपाली कामदार कामदार कार्यअवधि सकिएपछि स्वदेश नर्फकी अवैधानिक बस्ने तथा नेपालमा भाषा परिक्षामा सहभागी हुने परिक्षार्थी नक्कली हुने विषयमा विभाागको ध्यानआकर्षण गराएका थिए ।

उनको जवाफमा विभागका महानिर्देशक भुसालले त्यो विषयमा आफूहरु गम्भीर भएको बताएका थिए ।  उनले विभाग कम्प्युटरमा आधारित परीक्षा प्रणालीका सम्ममा भवनलगायतका पूर्वाधार तयार गर्ने गरी काम भैरहेको पनि जानकारी दिए

त्यस्तै भेटमा सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारहरूलाई छिटै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न अनुरोध पनि गरिएको थियो ।

इपिएस शाखाका निर्देशक कृष्ण प्रसाद खनालका अनुसार विभागले कम्प्यूटरमा आधारित परीक्षा प्रणालीका सञ्चालन गर्नका लागि भैँसेपाटीमा भवन निर्माण गरिरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *