नेपालीलाई मलेशिया जान प्रतिबन्ध, मन्त्री बिष्टले दिए यस्तो स्पष्टीकरण
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई ठगिन नदिन सरकारले तत्कालका लागि मलेशिया रोजगारीमा जान रोक लगाउनु परेको स्पष्ट पारेका छन्।
मन्त्री विष्टले नेपाली कामदारलाई ठगिन नदिन मलेशिया सरकार गम्भिर भएको उल्लेख गर्दै द्विपक्षीय सहमति गरी नेपाली श्रमिकलाई मलेशिया जान खुला गर्ने योजना रहेको पनि जानकारी दिए।
उनले मंगलबार विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ नेपाली कामदारलाई मलेशिया जाने व्यवस्था गर्न केही समय लाग्ने जानकारी पनि दिए।
मन्त्री विष्टले वैदेशिक रोजगारीमा देखिएको सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि दावी गरे। मन्त्री विष्टले सरकार नेपालमै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment