प्रधानमन्त्रीलाई वेवसाइटबाटै स्वास्थ्य लाभको कामना दिन सकिने

डिसी नेपाल
१४ मंसिर २०७६ २०:१७

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्य लाभको शुभकामना दिन सकिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपीमा http://kpsharmaoli.com.np/ गएर स्वास्थ्य लाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चाँसो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चाँसो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत् आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो ।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो । यसअघिका कुनै पनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।

प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालले विभिन्न समयमा विज्ञप्ति निकालेर जानकारी गराउँदै आएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो हुँदै गएको प्रेस सल्लाहकार थापाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *