आज फेरि बढ्यो सुनको भाउ, चाँदीको यथावत

डिसी नेपाल
१५ मंसिर २०७६ १२:३४

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन ७१ हजार ३ सय रुपैयाँ र तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउ उकालो लागेको भए पनि चाँदीको भाउ भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *