धरानमा काँग्रेसले मतान्तर बढायो
काठमाडौं। शनिबार भएको धरान उप महानगरपालिकाको निर्वाचनमा काँग्रेसले लगाता आफ्नो अग्रता कायम राखेको छ। आइतबार जारी मतगणनाको पछिल्लो विवरणअनुसार काँग्रेसका मेयर उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईभन्दा ७०७ मतको अग्रता लिएका छन्।
काँग्रेस उम्मेद्वार तिलक राईले ११ हजार ८ सय २७ मत पाएका छन् भने नेकपा उम्मेद्वार प्रकाश राईले ११ हजार १ सय २० मत प्राप्त गरेका छन्।
यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment