धरानमा नेकपासँग मतान्तर फराकिलो पार्दै काँग्रेस, काँग्रेसका राई १२ सय मतले अगाडि

डिसी नेपाल
१५ मंसिर २०७६ २३:५२

काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाको मेयरको पछिल्लो मतपरिणामा काँग्रेसले मतान्तर फराकिलो पार्दै लगेको छ। आइतबार राती साढे ११ बजेको मतपरिणाअनुसार काँग्रेस उम्मेदवार तिलक राईले १६ हजार ६ सय ५८ मत प्राप्त गरेका छन्।

यस्तै नेकपाका उम्मेदवार प्रकाश राईले १५ हजार ३ सय ८९ प्राप्त गरेका छन्। काँग्रेस उम्मेदवार नेकपाका उम्मेदवारभन्दा १ हजार २ सय ७९ मतले अगाडि रहेका छन्।

यसअघि ड बजेको परिणाममा काँग्रेसका मेयर उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईभन्दा ७०७ मतको अग्रता लिएका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ३५ हजार मतगणना भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *