धरान : झण्डै ५० हजार मत गनिसक्दा कांग्रेसको फराकिलो अग्रता
काठमाडौँ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ। झण्डै ५० हजार मत गनिसक्दा कांग्रेसले १६ सय ३७ मतले अग्रता बढाएको छ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार कांग्रेसका तिलक राईले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले मत २३ हजार १४ मत पाएका छन् ।
विस २०४८ सालको निर्वाचन यता धरानमा कांग्रेस विजयी हुन सकेको छैन ।
यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ५० हजार मतगणना भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment