आज जेठ २६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२६ जेठ २०७८ ६:१०

आज वि.सं.२०७८ साल जेठ २६ गते, बुधबार। सन् २०२१ जुन ९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण  पक्ष । चतुर्दशी तिथी। चन्द्रमा कन्या राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रामा सफलतामिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्तिहुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कला सृजनामा सफलता मिल्नेछ । सन्तानले खुशी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्राहुनेछ । भाइबन्धुको साथ सहयोग मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक काम छिटो बन्नेछ । आत्म सम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बिचैमा रोकिनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अन्न कृषिमा आम्दामी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दामी मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *