एक दिवसीय क्रिकेटमा इतिहास रचेको नेपाली टोलीलाई प्रधानमन्त्रीले ट्वीटरबाट दिए बधाई
काठमाडौं, साउन १९
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । शुक्रबार राति भएको नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा नेपालले १ रनको रोमाञ्चक जित निकाल्दै वान डे क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो ।
सोही अवसरमा प्रम ओलीले नेपालको ऐतिाहासिक जितबाट आफू खुसी भएको बताउँदै उनले आगामी नयाँ यात्राका लागि शुभकामनासमेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सन्जाल ट्वीटरमार्फत् कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् ।
ट्वीटरमा प्रम ओलीले बधाई दिँदै लखेका छन्, ‘नेपाली क्रिकेट टिमले नेदरल्यान्डमा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment