भारत छोडेपछि रिसाएका सलमानलाई फकाउँदै प्रियंका, गरिन् यस्तो ट्वीट

डिसी नेपाल
२५ साउन २०७५ १३:०४

मुम्बइ। केही समयदेखि एउटा समाचारले निकै चर्चा पाइरहेको छ । प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सलमान खान रिसाएका छन्।

यहाँसम्म कि सलमानले प्रियंकाकी आमा मधु चोपडालाई डिजाइनर मनिष मल्होत्राको कार्यक्रममा बेवास्तासमेत गरे । यस विषयमा प्रियंकाकी आमासँग पनि मिडियाले कुरा गर्न चाहे तर उनले यस विषयमा केही पनि भन्न अस्वीकार गरिन्।

यही बीचमा प्रियंकाले एउटा ट्वीट गरेकी छिन् जसलाई सलमान खानसँग जोडेर हेरिएको छ । सलमान खानका बहिनी ज्वाइँ आयुष शर्मा बलिउड डेब्यू गर्दैछन् । उनको डेब्यू फिल्म लभरात्रीको ट्रेलर केही दिनअघि रिलिज भएको थियो । प्रियंकाले यो ट्रेलर हेरिन् र सलमानका ज्वाइँलाई बलिउडमा स्वागत गरिन् । प्रियंकाको यो ट्वीट देख्दा उनले सलमानलाई फकाउन चाहेको अनुमान गरिएको छ।

प्रियंकाले ट्वीटमा लेखेकी छिन् ‘मेरा मित्रलार्ई फिल्ममा स्वागत छ । यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिउडमा शानदार डेब्यू हुनेछ । वारिना हुसैनलाई पनि धेरै शुभकामना । लभरात्री टिमलाई धेरै माया ।’ प्रियंकाको यो ट्वीटले बलिउडमा खल्बली मच्चिएको छ। अब यस विषयमा सलमानको प्रतिक्रिया के हुन्छ भन्ने सबैको प्रतिक्षाको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *