अहिलेका यी चर्चित स्टार, जसले कुनै बेला आत्महत्या गर्न चाहन्थे

डिसी नेपाल
२५ साउन २०७५ १३:२७

एजेन्सी। सबै मानिसको जीवनमा एक पटक यस्तो अवस्था आउँछ जतिबेला उ आफूलाई एक्लो महशुस गर्छ। उसँग बाँच्चे आशासमेत हुँदैन। र, उनीहरु आफ्नो जीवनलाई समाप्त पार्न चाहन्छन्। जीवनमा यस्तो क्षण आम मानिसमा मात्र होइन चर्चित सेलिब्रेटिजमा पनि आउँछ। आज हामी यस्ता केही सेलिब्रेटिजका बारेमा जानकारी दिँदैछौं जो आत्महत्या गर्न चाहन्थे।

आत्महत्या गर्न चाहनेको पहिलो नम्बरमा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम आउँछ। उनी आज सबैको आइकन बनिसकेकी छन्। तर, समय थियो उनी आफ्नो जीवनबाट हार खाएकी थिइन्। उनी डिप्रेशनमा गएकी थिइन्। त्यही कारण धेरै फिल्मबाट उनले हात धुनु परेको थियो। पछि उनका बुवाले उनलाई हौसला दिए र दीपिकाको जीवन नै परिवर्तन भयो।

बलिउडकी सुन्दर नायिका इलियाना डिक्रुज पनि कुनै समय आत्महत्या गर्न चाहन्थिन्। जतिबेला इलियानाले आफ्नो करियरको सुरुवात गरेकी थिइन्, त्यतिबेला उनले राम्रो फिल्म पाइरहेकी थिइन्। तर, उनले मानसिक शान्ति भने पाएकी थिइनन्। जसका कारण उनी डिप्रेशनमा गइन्। त्यतिबेला उनी आत्महत्या गर्न चाहन्थिन्। यो कुराको खुलासा इलियानाले एक स्वास्थ्य सम्बन्धि कार्यक्रममा गरेकी थिइन्।

भारतीय क्रिकेटर सुरेश रैना पनि आफ्नो करियरको सुरुवाती चरणमा आत्महत्या गर्ने सोच बनाएका थिए। त्यतिबेला उनी लखनउको स्पोर्टस होस्टलमा बस्थे। उनी त्यहाँ आफ्नो हेडबाट पीडित हुन्थे। त्यतिबेला उनी आत्महत्या गर्न चाहन्थे। तर पछि उनले आफूलाई डिप्रेशनबाट बाहिर निकाले।

ओस्कार विजेता चर्चित संगीतकार ए आर रहमानको क्रिएशनबाट पूरा विश्व परिचित छ। तर कुनै बेला उनले आत्महत्या गर्न चाहेको भन्ने विषयम भने धेरै कमलाई मात्र थाहा छ। जतिबेला उनी आफ्नो करियर बनाउने विषयमा संघर्ष गरिरहेका थिए, त्यतिबेला उनको मनमा आत्महत्या गर्ने इच्छा हुन्थ्यो। यो विषय उनले आफ्नो बायोग्राफी ए आर रहमान द स्प्रिट अफ म्युकिजमा उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *