सलमान खानसँग दीपिका रोमान्स गर्दै !

डिसी नेपाल
२५ साउन २०७५ १५:४४

एजेन्सी । बलीउड निर्देशक सञ्जय लिला भन्साली नयाँ चलचित्र बनाउने भएका छन् । भन्सालिले ‘इन्शाअल्लाह’ चलचित्र बनाउने तयारी गरीरहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो चलचित्रमा उनले सलमान खान र दीपिका पादुकोणलाई लिने तयारी गरेका छन् । ।

भन्सालीको साथमा अभिनेता सलमान खानले यस अघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरिसकेका छन भने अभिनेत्री दीपिकाले त भन्सालीका साथ “गोलियोंकी रास लीला रामलीला” , “बाजिराव मस्तानी” र “पद्मावत” जस्ता सुपरहिट ३ वटा फिल्ममा काम गरिसकेकी छिन् । तर सलमान र दीपिकाले अहिलेसम्म कुनैपनि फिल्ममा एकसाथ काम गरेका छैनन् ।

त्यसैले सलमान र दीपिकाको जोडी पर्दामा हेर्नका लागि दर्शकहरुमा पनि एक खालको क्रेज रहेको छ । सलमान र दीपिकाले एक साथ फिल्ममा काम गर्ने कुराको बेला बेलामा चर्चा भए पनि अहिलेसम्म यि दुबैले एक साथ काम गरेका छैनन् । सलमान खान र दीपिकालाई एउटै पर्दामा देख्ने दर्शकको इच्छा पुरा हुन्छ हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *