“नेपाल आइडल-२” को सानदार सुरुवात, वर्ल्डवाइड ट्रेन्डिङमा पर्न सफल

डिसी नेपाल
२६ साउन २०७५ १०:३२

काठमाण्डौ । नेपाल आइडलको दोस्रो सिजनले सानदार सुरुवात गरेको छ । दोस्रो सिजनको दोस्रो भाग प्रशारण भइसकेको छ । दोस्रो भाग प्रशारण भइसक्दा नेपाल आइडलको लोकप्रियता ह्वात्तै बढको हो । नेपाल आइडलको सिजन २ को पहिलो भागले भने विश्वभर हंगामा मच्चाएको छ ।

बिहीबार राति साढे आठ बजे एपी वान टेलिभिजन र यु ट्युबमा सीधा प्रसारण भएको नेपाल आइडल सिजन २ पहिलो भागको भिडियो नेपालमा ३६ घण्टा भित्रमा नम्बर १ ट्रेन्डिङमा पुगेको हो । नेपाल आइडल सिजन २ को पहिलो भागमा भैरहवा अडिसन देखाइएको थियो । जहाँ सहभागी सयौँमध्येबाट १८ जना प्रतिस्पर्धीहरु अर्को चरणका लागि छनौट भएका थिए ।

पहिलो भाग विश्वका धेरै देशमा ट्रेन्डिङमा पर्न सफल भएको हो । यो भाग नेपाल र कतारमा नम्बर १ ट्रेन्डिङमा पुग्न सफल भएको छ भने विश्वका अन्य देशमा पनि नेपाल आइडल सिजन २ को पहिलो भाग टप ट्रेन्डिङ रहेको छ ।

त्यसैगरी बहराइन र अस्ट्रेलियमा १३ नम्बरमा यो भाग ट्रेन्डिङ भइरहेको छ । कुवेतमा ११ नम्बरमा ट्रेन्डिङ भइरहँदा साउदी अरेबियामा २१ नम्बरमा ट्रेन्डिङ भएको छ ।युएईमा नेपाल आइडल सिजन २ को पहिलो भाग ८ नम्बरमा ट्रेन्डिङ भएको छ । त्यसैगरी जापानमा पनि नेपाल आइडल सिजन २ को पहिलो भाग १७ नम्बरसम्म ट्रेन्डिङ हुन सफल भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *