प्रियंका र आयुष्मानको दोस्रो इन्गेजमेन्ट !, को–को पुगे द्धारिका होटल ?

डिसी नेपाल
२७ साउन २०७५ ४:३१

काठमाडौं । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फेरी इन्गेजमेन्टकै रुपमा देखिए ।

काठमाण्डौको द्धारिका होटलमा सिमित चलचित्रकर्मी र आफन्तलाई निम्त्याएका उनिहरुले फेरि औठी साटेका छन् । इन्गेजमेन्टलाई औपचारिकता दिईसकेको यो जोडीले आफ्ना कलाकर्मी साथिहरुको माझमा भने पहिलो पटक बैवाहिक बन्धनको औंपचारिकता दियो ।

संचारमाध्यम प्रवेश नदिईएको सो समारोहमा प्रियंका र आयुष्मान निकट मानिने चलचित्रकर्मी र केही आफन्त मात्र उपस्थित थिए । निर्देशक दीपाश्री निरौला, निश्चल बस्नेत, नायिकाद्धय बर्षा राउत र स्वस्तिमा खड्का, निर्माता तथा कलाकार दिपकराज गिरी, कलाकार संजोग कोइराला, कोरियोग्राफर कविराज गहतराज सो समारोहमा उपस्थित थिए ।

सो समारोहमा पुगेका चलचित्रकर्मीले उनीहरुलाई वधाई तथा शुभकामना दिएका थिए । औपचारिक विवाहको मिति तय नगरेको यो जोडीले अर्को वर्षसम्म विहे गर्ने गर्ने बताउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *