किरण भन्दैछन् ‘म रहूँ नरहूँ यो संसारमा, तिमी सधै रहिरहनु’

डिसी नेपाल
२७ साउन २०७५ ८:०५

काठमाडौं । किरण मिश्रको शब्द तथा स्वरमा ‘‘म रहूँ, नरहूँ…’बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा विक्रम थापाको संगीत, विशन मानन्धरको एरेञ्ज रहेको छ । गीतको भिडियो भने निर्माण गरिएको छैन । गीतको अडियो शुक्रबारमात्रै सार्वजनिक गरिएको हो । गीतमा यी शब्दहरु समावेश गरिएको छ ।

म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै रहिरहनु
म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै हाँसीरहनु
अभाव मेरो तिमीलाई महसुस नहोस्, सधैँभरी मुस्कुराई रहनु
म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै रहिरहनु…

अल्मलिँदा तिमी अँध्यारोमा, जुनकिरी बनेर म डोर्याउनेछु
निस्सासिँदा तिमी सुस्केरामा, श्वास बनेर म बहनेछु
तापमा तिमी सल्किंदा, जुनको शितल बन्ने छु
सफलताको शिखर तिमी चुमी रहनु, म छाँया बनेर पछ्याउने छु
म रहूँ नरहूँ, यो संसारमा, तिमी संधै रहिरहनु…

मलाई सम्झी तिमी नरुनु कहिल्यै, तिम्रा आँसु मेरालागि ताप बन्नेछन
तिम्रो मुस्कान अनि सबै खुसीहरु, मेरालागि आत्मा शान्ति बन्नेछन
सम्झिरहनु संधै हाम्रा प्रेमकथा, फूल बनी तिमी फुलिरहनू
मेरो यो गीतसङ्गीत तिम्रै लागि हो, तिमी जीवनमा गुनगुनाइरहनू
म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै रहिरहनु…

म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै हाँसीरहनु
अभाव मेरो तिमीलाई महसुस नहोस्, सधैँभरी मुस्कुराई रहनु
म रहूँ, नरहूँ, यो संसारमा, तिमी संधै रहिरहनु…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *