उपचार खर्च नपाएपछि सनी लियोनीले मागिन् फ्यानसँग सहयोग

डिसी नेपाल
२७ साउन २०७५ ११:४२

मुम्बइ। बलिउड अभिनेत्री सनी लियोनी पछिल्लो समय आफ्नो बायोपिकका कारण चर्चामा छिन् । आफ्नो जीवनमा बनेको वेब सिरिजमा सनी आफैंले काम गरेकी छिन् । यता वेब सिरिजले चर्चा पाइरहँदा अर्कोतर्फ सनी लियोनी उपचार खर्च नपाएर छटपटाइरहेकी छिन् । उनले सामाजिक संजालमा एक पोस्ट गर्दै आफ्ना फ्यानसँग सहयोगको याचना गरेकी छिन् । सनीले यो सहयोग आफ्ना लागि नभइ आफ्ना सन्तानको मामाको लागि मागेकी हुन् ।

सनीले पोस्टमा लेखेकी छिन् ‘मैले मेरा मित्रको लागि सहयोग मागेकी हुँ जो मेरा तीन सन्तानका मामा पनि हुन् । प्रभाकर हाम्रो टिमका सदस्य हुन् । केही समयअघि उनको स्वास्थ्य बिग्रिएको थियो र उनी अस्पताल भर्ना भए । गलत तरिकाले उपचार हुँदा उनको स्वास्थ्य झनै बिग्रियो । यसको जानकारी पाउनासाथ हामीले उनलाई राम्रो अस्पतालमा भर्ना गरायौं । त्यहाँ थाहा भयो कि उनको २० प्रतिशत मृगौलाले मात्र काम गरिरहेको छ ।’ सनीले यसरी जति पनि रकम जम्मा हुन्छ त्यो सबै प्रभाकरको लागि उपयोग गरिने बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *