“भारत” मा कैटरीनालाई डबल पारिश्रमिक

डिसी नेपाल
२७ साउन २०७५ १५:००

एजेन्सी । प्रियंका चोपडाले बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ छाडेपछि अब अभिनेत्री कैटरीना कैफ भित्रिएकी छिन् ।

सलमानले यो फिल्ममा पहिला कैटरीनालाई नै लिन थाहन्थे । प्रियंकाले छाडेपछि उनले पारिश्रमिक नै तय नगरि फिल्म गर्न राजी भएकी थिइन् । अब कैटरीनालाई प्रियंकालाई जतिमा सम्झौता गरिएको छ त्यति नै पारिश्रमिक दिनेछन् ।

एक रिपोर्टका अनुसार, प्रियंकालाई फिल्मका लागि १२ करोड दिइएको थियो । केही वर्षदेखि कैटरीनाले ५/६ करोडमा फिल्म गर्दै आइरहेकी थिइन् । सलमानले ‘भारत’ मा उनलाई १२ करोड पारिश्रमिक दिने निर्णय गरेका छन् । विदेशी ब्वाईफ्रेण्ड निकसँग विवाह गर्ने तयारीमा रहेका कारण प्रियंकाले फिल्म छाडॅकी हुन् ।

” भारत” लाई अली अब्बास जफरले निर्देशन गर्दै छन् । पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’ मा सलमान खान, अलि अब्बास र कटरीना कैफले साथै काम गरिसकेका छन् । अब यी तीन एकपटक फेरि धमाका मच्चाउन र बक्सअफिसमा ‘धूम-धमाका’ गर्न आउँदो ईदमा आउँदैछन् । रिपोर्ट्सका अनुसार, यो फिल्म २०१९ को ईदमा रिलिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *