“भारत”मा सलमानकी प्रेमिका दिशा पटानी, कटरिनाको भूमिका के ?

डिसी नेपाल
२९ साउन २०७५ १०:१२

मुम्बइ। ५ दशकको कथा बोकेको फिल्म भारतमा दिशा पटानी सर्कसमा स्टन्ट गर्ने युवतीको भूमिकामा देखिने भएकी छिन् । उनको भूमिकाको लागि अलवीरा अग्नीहोत्री र एश्ले रेबेलोले कस्ट्युम डिजाइन गरिरहेका छन् । यो कस्ट्युम पुरानी अभिनेत्री हेलेको पोसाकबाट प्रभावित हुनेछ ।

यसको लागि डिजाइनरहरुले १९६० तिर सर्कस शोमा प्रयोग गरिने पोसाकबाट डिजाइन लिएका छन् । दिशाको पोसाकलाई पत्थर, मणिभ र मोतीले सजाइएको छ । दिशा पछिल्लो समय यसको लागि प्रशिक्षण लिइरहेकी छिन् । यो फिल्ममा सलमानको अपोजिट रोलमा कटरिना कैफ हुनेछिन् । यसका अलावा दिशा पटानी, तब्बु, ज्याकी श्राफ र सुनिल ग्रोवर पनि अहम भूमिकामा हुनेछन् । यसअघि दिशाले सलमानकी बहिनीको भूमिका गर्ने भनिए पनि यसो नभइ उनी सलमानकी प्रेमिका हुनेछिन् । सलमानकी बहिनीको रोल तब्बुले निभाउनेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *