दीप‍िका-रणवीरको बिहे कन्फर्म, कहिले र कहाँ हुदैछ बिवाह ?

डिसी नेपाल
२९ साउन २०७५ १०:२७

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीप‍िका पादुकोणले २० नोभेम्बरमा सात फेरो लिने कन्फर्म भएको छ । फिल्मफेयरको रिपोर्टका अनुसार, यी दुईको विवाह इटालीमा हुनेछ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् ।

यो ड्रिम वेड‍िङमा मात्र ३० जना पाहुना हुनेछन् ।

दीप‍िकाको नजिकका व्यक्तिका अनुसार, उनलाई इटाली निकै मन परेको छ, यसैकारण एक्ट्रेसले डेस्ट‍िनेशन वेड‍िङ प्लान गरेकी हुन् । दीप‍िका-रणवीरको विवाहको मिति फाइनल भएसँगै दुवैलाई बधाई मिल्न सुरु भएको छ ।

इटालीमा बिहेपछि यो कपलले आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड र‍िसेप्शन दिनेछन् । दीपिका र रणवीरले कहिल्यै प्रेममा रहेको स्विकार गरेनन्, तर उनीहरु २०१३ देखि एकअर्कासँग डेट गरिरहेको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *