अरबाजको बिहेमा सलमान बने ‘भिलेन’

डिसी नेपाल
३ भदौ २०७५ १४:२८

एजेन्सी । मलाइका अरोरासँग सम्बन्धबिच्छेद गरेका बलिउड सुपरस्टार सलमान खानका भाई अरबाज खान दोस्रो बिहेको तयारीमा जुटेको बताइएको छ । सलमान र परिवारका अन्य सदस्यको विरोधकाबीच उनले जर्जिया एन्ड्रियानीसँग बिहे गर्ने तयारी गरेको चर्चा चलेको छ ।

अरबाज घरमा विद्रोह गरेरै भए पनि बिहे गर्ने सुरुमा रहेको बताइएको छ । समाचारअनुसार अरबाजले बलिउडमा आफ्नो पहिचान बनाउन नसकेको र दाई सलमानमाथि आश्रित रहेको भन्दै पहिलो बिहे तोडिएकाले दोस्रो बिहे नगर्न परिवारले सुझाव दिएको छ । तर परिवारको कुरा सुन्ने मुडमा भने अरबाज छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *