प्रकाण्डलाई थुना मुक्त गर्न माग गर्दे सर्वोच्चमा रिट दायर

डिसी नेपाल
३ भदौ २०७५ १६:१३

काठमाडौँ । चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दायर भएको छ।

प्रकाण्डका तर्फबाट वीरेन्द्र विश्वकर्माले उनलाई थुनामुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन। यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले सर्वोच्च अदालतका मुख्य रजिष्टार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो।

आदेशमा गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै थुना मुक्त गर्न भनिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति उनी पुनः पक्राउ परेका थिए। सो पक्राउ गैरकानूनी भएको भन्दै आज रिट निवेदन दायर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *