‘चङ्गा चेट’ जस्तै भयो मेरो जीवन – निर्माता माधव वाग्ले

डिसी नेपाल
५ भदौ २०७५ १६:१८

केही समय अघी फिल्म ‘चङ्गा चेट’को लागी छापिएको नक्कली नोट प्रकरणमा जेल परेर धरौटीमा रिहा भएका यसै फिल्मका निर्माता माधव वाग्ले । जेलबाट छुटेपछि उनी फिल्म ‘चङ्गा चेट’को कार्यक्रममा पुगेका छन् । उक्त फिल्मको गीत रिलिज कार्यक्रममा उनले भने मेरो रियल र रिलको कहानी एउटै भएको छ ।

२ महिना जेल बसेका वाग्लेले-‘म कस्तो मान्छे हुँ भन्ने मेरा साथीभाई र मिडिया सबैलाई थाहा छ । तर, कतिपय मिडियामा मलाई अपराधीको रुपमा चित्रित गरियो । यसमा भने चित्त दुखेको छ ।’ वाग्लेले अदालतमा आफ्नो मुद्दा चलिरहेको बताउँदै आफूले ‘न्याय पाउने’ विश्वाससमेत व्यक्त गरे । निर्माता वाग्लेले नक्कली नोटका कारण कसरी मानिसको जिन्दगी ‘चङ्गा चेट’ हुन्छ भन्ने सिनेमामा देखाइएको भन्दै आफ्नो जीवनमा पनि यही मिल्न गएको बताए ।

उनले भने-‘मैले चलचित्र विकास बोर्डबाट नक्कली नोट बनाउन अनुमति लिएको थिएँ । बोर्डबाट अनमुति लिएपछि अन्त सोधिरहनु आवश्यक ठानिनँ । तर, यसपटक मेरो जीवनकै ‘चङ्गाचेट’ भयो ।’ निर्माता वाग्लेले बागबजारमा नक्कली नोट छापेर सिनेमामा प्रयोग गरिने कुरा नौलो नभएको भन्दै आफूलाई मात्र यस्तो आइपरेको सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *