प्रियंका र निकपछि अब सलमानको घरमा विवाहको रौनक, यी युवती आउँदैछिन् दुलही बनेर
एजेन्सी । प्रियंका चोपडा–निक जोनस् र दीपिका–रणवीरको विवाहको खबरपछि अब बलिउडमा अर्का सेलिब्रेटी विवाह बन्धनमा बाँधिदै छन्। मिडिया रिर्पोटका अनुसार अब सलमान खानको घरमा विवाहको रौनक छाउनेछ।
तपाईले सलमानले विवाह गर्दैछन् भन्ने सोच्नुहोला, तर होइन्। सलमानका भाइ अरबाजले आफ्नी प्रेमिकासँग विवाह गर्न लागेका हुन्। अरबाज केही महिनादेखि मोडल जार्जिया एन्ड्रियानीसाग अफेयरमा छन्। दुबै प्राय औपचारिक कार्यक्रममा सँगै पुगेका हुन्छन्। अरबाजले २ वर्ष पहिले मलाइका अरोडासँग सम्बन्ध विच्छेद गरेर १८ वर्ष पुरानो सम्बन्ध तोडेका थिए। विवाहका बारेमा अहिलेसम्म अरबाज र उनका परिवारले कुनै बयान प्रतिक्रिया दिएका छैन्।
केही दिनअघि अरबाजले आफ्नो ५१ औँ जन्मदिन जार्जियासँग मनाएका थिए। जार्जियाले अरबाजसँगका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। अरबाजले अभिनयका क्षेत्रमा त्यति धेरै उपलब्धी हात पार्न सकेका छैनन्। तर पनि उनले चलचित्र दबंग निर्माण गरेका थिए। केही समयअघि उनी आइएएलमा सट्टेबाजी गरेको आरोपमा मुछिएका थिए। अरबाज र मलाईकाको एक छोरा पनि छन् जो अहिले आफ्नी आमासँग बस्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment