एशियाकप छनोटः नेपालको चौथो विकेट गयो, दिपेन्द्र ९ रनमा आउट

डिसी नेपाल
१३ भदौ २०७५ ३:२५

काठमाडौं। एशियाकप छनोट अन्तर्गत आज ओमानविरुद्ध भइरहेको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी व्यक्तिगत ९ रनमा आउट भएका छन् । १६ बल खेलेका उनले बाउण्ड्री भने प्रहार गर्न सकेनन् । अहिलेसम्म २३ ओभरको खेल सकिएको छ र नेपालको स्कोर ४ विकेटको क्षतिमा ८० रन छ ।

आजको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । एसियाकपमा छनोट हुनको लागि नेपालले यो प्रतियोगिताको विजेता बन्नुपर्नेछ । आज पारस खड्काको कप्तानीमा मैदानमा उत्रिने नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सागर पुन, सुवास खकुरेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल खेल्दैछन् । विनोद भण्डारी, अनिल शाह, ललित भण्डारी र ललित राजवंशीलाई आज विश्राम दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *