घर फर्किए कपिल शर्मा, अक्टोबरमा ठूलो पर्दामार्फत दर्शकमाझ आउने

डिसी नेपाल
१३ भदौ २०७५ ५:२७

एजेन्सी। चर्चित कमेडियन कपिल शर्मा लामो समयदेखि संचारमाध्यमबाट गायब भएका थिए।

टेलिभिजनमा उनको अनुपस्थिति धेरै भइसक्यो। यद्यपी रक्षा बन्धनका दिन कपिलका फ्यानले उनको एक झलक देखेका छन्। उनी रक्षा बन्धनका दिन आफ्नी बहिनीसँग राखी बाँध्नुका साथै आफ्नो परिवाससँग समय बिताएका छन्।

रक्षा बन्धनमा खिचिएको तस्वीरको कुरा गर्दा कपिलको वजन धेरै बढेको देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार कपिल शर्मा निर्माता सुमित सिंह र गुरप्रीत घुग्गीसँग मिलेर एक नयाँ पंजाबी फिल्म बनाउँदै छन्। यो फिल्मको नाम ‘सन अफ मंजीत सिंह’ हो।

कपिलले यो फिल्मका विषयमा विस्तृतमा आफ्नो इन्स्टाग्राममा पनि शेयर गरेका छन्। यो फिल्म १२ अक्टोबर २०१८ मा रिलीज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *