रोनाल्डोलाई पछि पार्दै लुका मोड्रिचले बने वर्षको उत्कृष्ट खेलाडी

डिसी नेपाल
१५ भदौ २०७५ १३:५८

एजेन्सीं । पूर्व टिममेट क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रियल म्याड्रिडका लुका मोड्रिच यूरोपको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

मोड्रिचले रोनाल्डोसँगै लिभरपुलका स्टार मोहम्मद सलाहलाई उछिन्दै बिहीबार राति उक्त अवार्ड हात पारेका हुन्।

तेस्रो पटक एकपछि अर्को गर्दै च्याम्पियन्सलिगको उपाधि रियललाई दिलाएपछि क्रोएशियाका मिडफिल्डर मोड्रिच वर्षको उत्कृष्ट खेलाडी बनेको हुन्। यसका साथै गत जुनमा भएको विश्वकपमा समेत मोड्रिचको कप्तानीमा रहेको क्रोएशिया उपविजेता बनेको थियो।

मोड्रिचले ३१३ भोट प्राप्त गरेका थिए। उनी पछि यसअघि तीनचोटी यूरोपको वर्ष खेलाडी भइसकेका क्रिस्टियानो रोनाल्डोले २२३ अंकमात्रै प्राप्त गरे।

रियल म्याड्रिडका लागि गतवर्ष ४४ खेलमा ४४ गोल गर्दै रोनाल्डो यस सिजनमा यूभेन्ट्स पुगिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *