साफ च्याम्पियनसिप : नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित

डिसी नेपाल
१९ भदौ २०७५ १३:३७

काठमाण्डौ । आजदेखि बंगलादेशमा सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल २–१ ले पराजित भएको हो ।

नेपाली टोलीका कप्तान विराज महर्जनले विपक्षी खेलाडीलाई डि-बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै पाकिस्तानले पहिलो अग्रता लिएको थियो ।

त्यसपछि नेपालका लागि खेलको ८२औं मिनेटमा फरवार्ड विमल घर्तीमगरले आकर्षक गोल गर्दै खेल बराबरी बनाएका थिए । तर, ९० मिनेटपछि थपिएको ५ मिनेटको अन्तिम समयमा नेपालले गोल खायो । नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पाकिस्तानी खेलाडीले फ्री हेडिङबाट गोल गरेका थिए ।

पहिलो खेल हारेपछि नेपालको उपाधि सपनामा धक्का लागेको छ । नेपालले अब अर्को खेल बिहीबार भुटानसँग खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *