अश्लील भएको भन्दै कथा काठमाण्डुको ट्रेलर युट्युबबाट हटाउन निर्देशन, नहटाए कारबाही गर्ने चेतावनी
काठमाडौँ। केही दिनअघि मात्रै सार्वजनिक भएको चलचित्र कथा काठमाण्डुको ट्रेलर युटुबबाट हटाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको छ।
बोर्डले उक्त चलचित्रको ट्रेलर अश्लिल भएको र यसले समाजमा नराम्रो असर पर्ने देखिएको भन्दै युटुबबाट हटाउन निर्देशन दिएको हो । साथै बोर्डले ट्रेलर नहटाए कारबाही समेत गर्ने चेतावनी दिएको छ ।
चलचित्रको सार्वजनिक भएको गीत र ट्रेलरमा नायिका प्रिंयका कार्की र नायक प्रमोद अग्रहरिबीचको यौन सम्बन्धको दृश्यलाई देखाइएको छ। सङ्गीता श्रेष्ठले निर्देशन रहेको चलचित्रलाई विजय रार्इको निर्माणमा तयार भएको हो।
चलचित्रमा प्रमोद अग्रहरी, प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ। चलचित्र असोज १२ गते देखि प्रदर्शनमा आउने तयारी रहेको छ।, यस्तो छ ट्रेलर
No ads found for this position

डिसी नेपाल
Facebook Comment