मेस्सी र रोनाल्डोलाई पछि छाड्दै एम्बाप्पे

डिसी नेपाल
२९ भदौ २०७५ ३:००

एजेन्सीं । १९ वर्षको कलिलै उमेरमा फ्रान्स तथा पेरिस सेन्ट जर्मनका स्ट्राइकर केलियन एम्बाप्पे विश्वकै स्टार खेलाडी बनिसकेका छन्।

रुस विश्वकपमा उनी उत्कृष्ट युवा खेलाडी भएका थिए। उनलाई ब्राजिलका महान खेलाडी पेलेसँग पनि तुलना गरिन्छ। विश्वकपको अन्तिम १६ मा लियोनल मेस्सीको अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण दुई गोल गर्दै उनले अर्जेन्टिनाको विश्वकप जित्ने सपनालाई तुहाई दिएका थिए।

फ्रान्सलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका यिनै युवा खेलाडीले समान ५–५ पटक विश्वको सर्वात्कृष्ट खेलाडी बनेका लियोनल मेस्सी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि छाडिरहेका छन्।

तथ्यले के देखाउँछ भने मेस्सी र रोनाल्डोको उमेरमा एम्बाप्पेले उनीहरुलाई निकै पछि छाड्ने छन्। उनले पछिल्ला २ सिजनमा मोनाको र पेरिस सेन्ट जर्मनका लागि ५२ गोल गरिसकेका छन्।

एम्बाप्पेको यही उमेरमा पोर्चुगलका रोनाल्डोले जम्मा १७ गोलमात्रै गर्न सकेका थिए भने मेस्सीले २५ गोल गरेका थिए। किशोर अवस्थामा नै एम्बाप्पेले दुबै लिजेन्ड फुटबलरलाई निकै पछि छाडेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *