भारतलाई नेपालले दियो १५७ रनको लक्ष्य

डिसी नेपाल
२९ भदौ २०७५ ७:०२

काठमाडौं। भारतविरुद्धको अण्डर १९ युवा वन डे अन्तर्राष्ट्रियमा नेपालले १५७ रनको लक्ष्य दिएको छ ।

सन्दिप जोराको अर्धशतकको मद्दतमा नेपालले १५६ रन बनाएको हो । सन्दिपले ९३ बलमा ५ चौका र १ छक्कको मद्दतमा ६६ रन बनाएका हुन् ।

उनीअघि अर्धशतक नजिक पुगेका ओपनर तीर्थराज दास भने ४६ रनमै आउट भएका थिए । नेपालको लागि भीम सार्कीले २८ रन बनाए । अरु कुनै व्याट्सम्यानले उल्लेख्य योगदान गर्न नसक्दा नेपाल ४५.५ ओभरमा १५६ रनमै अलआउट भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *