रियलका प्रशिक्षकले पनि गरे ला–लिगाको चर्को आलोचना

डिसी नेपाल
३० भदौ २०७५ १:१३

एजेन्सीं । रियल म्याड्रिडका प्रशिक्षक जुलिन लोपिटेगुले ला–लिगाका खेलहरु अमेरिकामा आयोजना गर्ने लालिगा पदाधिकारीहरुको निर्णयको चर्को विरोध गरेका छन्।

उनले प्रतियोगिताप्रति पदाधिकारीहरुले हेपाहा प्रवृति देखाएको भन्दै चर्को विरोध गरेका हुन्। मंगलबार मात्रै बार्सिलोना, गिरोना र ला लिगाले स्पेनिस फुटबल फेडेरेशनलाई अमेरिकामा खेल आयोजना गर्न दिन पत्र लेखेका थिए।

गिरोनाको होम म्याच जनवरी २६ मा अमेरिकाको मियामीमा आयोजना गर्ने लक्ष्य लिइएको थियो।

‘म यस निर्णयबाट सन्तुष्ट छैन्,’ लोपेटुगुंले भनेका छन्, ‘यसले प्रतियोगिताको क्वालिटीलाई सहयोग पुर्याउदैन्।’

यसअघि स्पेनिस खेलाडी यूनियनले समेत लालिगाका खेलहरु अमेरिकामा खेलाउने निर्णयको विरोध गरेको थियो।

स्पेनी फुटबलको उच्च डिभिजनको लिग लालिगाले गत महिना अमेरिकी मनोरञ्जन कम्पनी रिलिभेन्टसँग खेलहरु अमेरिकामा आयोजना गर्ने गरि १५ वर्षको सम्झौता गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *