लुकाकुको गोलमा यूनाइटेडको जित
एजेन्सीं । रामेलु लुकाकुको गोलमा म्यानचेस्टरले प्रिमियर लिगमा शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
लुकाकुले ३५औं मिनेटमा गोल गर्दै यूनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै त्यसको तीन मिनेटमा क्रिस स्मालिङले दोस्रो गोल गर्दै यूनाइटेडको जितका आधार खडा गरेका थिए।
त्योसँगै पहिलो हाफमा यूनाइटेडले २–० को अग्रता बनाएको थियो। आन्द्रे ग्रेले ६५औं मिनेटमा गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
जितसँगै यूनाइटेड ५ खेलमा ९ अंक भएको यूनाइटेड आठौं स्थानमा उक्लिएको छ। पराजित वाटफोर्ड भने १२ अंक भएपनि चौथो स्थानमा झरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment