काजोलले भनिन्, म एक हिटलर आमा हुँ

डिसी नेपाल
१ असोज २०७५ १३:३९

एजेन्सी । बलिउठ कलाकार काजोलले आफ्ना बच्चाका लागि आफु कड भएको बताएकी छन् । तर उनका श्रीमान अजय देवगण भने बच्चालाई नरिसाउने बताइन् । काजोलले एक टिभी कार्यक्रममा आफू हिटलर आमा भएको बताइन्।

उनले भनिन्, ‘म बच्चाप्रति अलि कडा छु, देवगण त्यस्ता छैनन्, तर उनी पनि परिवर्तन भएका छन् । उनले पनि बुझेका छन् बच्चाप्रति कडा हुनुआवश्यक छ।’

काजोलले बच्चाको लालनपालका लागि कुनै नियमावली नभएको भन्दै कुनै प्रशिक्षणबाट पनि यो विषयमा कुनै फाइदा नहुने बताइन् । उनले भनिन्, ‘टीभी र फिल्ममा एक आदर्श आमाको तस्वीर बनेको हुन्छ, पहिलो पटक आमा बन्ने महिला यस्तै बन्ने प्रयास गर्छिन्।’

उनले भनिन्, ‘एक आदर्श छ, एक राम्री आमा खाना बनाउँछिन्, यो गर्छिन्, त्यो गर्छिन्। आफ्ना बच्चाका लागि जिन्दगी कुर्बान गर्छिन्, यदि तपाईँको बच्चाले तपाईँलाई आदर्श आमा सोचेमात्र यो विषयले महत्व पाउँछ।’

काजोलले समाजिक सञ्जालले सबै कुरा परिर्तन गरेको बताईन्। उनले कोही पनि आफ्ना बच्चालाई यसको प्रभावबाट बचाउन नसक्ने बताईन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *