बैतडीमा कात्तिक ८ देखि टी–ट्वान्टी क्रिकेट प्रगियोगिता हुने

डिसी नेपाल
७ असोज २०७५ ४:००

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार रु ५५ हजार ५५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)का अध्यक्ष महेशसिंह भण्डारीले बताए। कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई रु ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक/एक जनालाई जनही रु ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।

असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा तीन जनासम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुनेछन् ।

विसं १९९९ मा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब ९एनसिसी० देहिमाडौँले विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ जिल्लामा सक्रिय अवस्थामा रहेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *