कैटरीनाको लागि आमिर र शाहरूख भन्दा उत्कृष्ट अभिनेता सलमान खान

डिसी नेपाल
८ असोज २०७५ १२:२५

मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडका तिन खानः शाहरुख खान, आमिर खान र सलमान खानसँग काम गरिसकेकी छन् । तर, कट्रिना कैफले दबंग स्टार सलमान खानलाई शाहरूख खान र आमिर खानको तुलनामा उत्कृष्ट अभिनेता मान्छिन् । उनलाई फिल्म इन्डस्ट्रीमा स्थापित गर्ने सलमान नै हुन् ।

सलमान र कट्रिनाले एकसाथ फिल्म ‘मैंने प्यार क्यों किया’, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरेका छन् । स्क्रिनमा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

हालैमात्र करण जौहरको प्रसिद्ध शो ‘कफी विद् करण’ को एउटा श्रृंखलामा उनले तीन खानको अभिनय क्षमताको तुलना गर्नु पर्ने प्रश्न गरियो । सो प्रश्नको जवाफमा उनले भनिन्, ‘सलमान सबैभन्दा अगाडि ।’ सलमान खानलाई अन्य खानको तुलनामा विशेष मान्छिन् ।

उनी भन्छिन्, ‘मलाई थाहा छैन मानिसहरु यस बारेमा ध्यान दिन्छन् कि सलमानको करिअर कति लामो छ वा उनीहरु त्यसलाई सम्झन चाहन्छन् तर मेरो भित्रको कुरा भन्नु पर्दा सलमान दुई खानको तुलनामा सबैभन्दा राम्रा अभिनेता हुन् ।’

यसैगरी उनले शाहरुख खानसँग पनि आफ्नो अनुभव संगालेकी छन् भने आमिर खानसँग त पछिल्लो समयपनि ‘ठग्स अफ हिन्दोस्तान’ गर्दैछिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *