आमिर किन भए पाकिस्तानी टिमबाट आउट ?

डिसी नेपाल
१२ असोज २०७५ १५:३५

एजेन्सी । पाकिस्तानका स्टार तिब्र बलर मोहम्मद आमिर राष्ट्रिय टिमबाट निकालिएका छन् ।

पाकिस्तानको आगामी अस्ट्रेलिया भ्रमणका लागि चयनको भएको टिममा उनी अटाएनन् । सायद उनले एसिया कप प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेकाले उनले टिममा स्थान बनाउन सकेनन् ।

पाकिस्तानी क्रिकेट कन्ट्रोल बोर्ड (पीसीबी)ले एसिया कपमा राम्रो प्रदर्शन गर्न नसकेका ओपनर ब्याट्सम्यान फख्र जमांलाई भने टिममा राखेको छ । पाकिस्तान एसिया कपमा सुपर फोरमा वंगलादेशसँग पराजित भएर घर फर्केको थियो।

पाकिस्तानको टिम यस प्रकार रहेको छ।

सरफराज अहदम (कप्तान), फख्र जमां, यासिर शाह, वहाब रियाज, मीर हमजा, बिलाल आसिफ, मोहम्मद रिजवान, इमाम उल-हक, बाबर आजम, अजहर अली, असद शफीक, हैरिस सोहेल, उस्मान सलाउद्दीन, शादाब खान, मोहम्मद अब्बास, हसन अली, फहीम अशरफ।

उता अस्ट्रेलियाले पनि टिम घोषणा गरेको छ । अस्ट्रेलियाले टिममा दुई जना उपकप्तान राखेको छ। उसले अलराउण्डर मिचेल मार्श र बलर जोस हेजलउडलाई उपकप्तानको जिम्मेवारी दिएको हो।

पाकिस्तान र अस्ट्रेलियाबीच ७ अक्टुबरबाट टेस्ट क्रिकेट सिरिज सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *