चर्चित मोडल ताराको गोली हानी हत्या

डिसी नेपाल
१३ असोज २०७५ ७:११

एजेन्सी । इराककी मोडल तारा फरिसको गोली हानी हत्या गरिएको छ। आफ्नै कारमा रहेकी उनको अज्ञात समुहले गोली हानी हत्या गरेका हुन्।

उनको घटनास्थलमै मृत्यु भएको इराकी गृह मन्त्रालयले पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। २० वर्षीया मोडल आफ्नो ट्याटु, इस्टाइलिश हेयर कर्लस र डिजाइनर कपडाका कारण चर्चामा थिइन्।

उनी फेम र लाइफस्टाइलका कारण चरमपन्थीको निशानामा रहेकी थिइन्। मोडलले इंस्टाग्राममा तस्वीर शेयर गर्दै क्याप्शनमा लेखेकी थिइन्, हामी अल्लाहसँग क्षम र दया याचनाका लागि प्राथर्ना गरिरहेका छौँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *