विशेष शोमा नै धेरैले रुचाए चलचित्र ‘कथा काठमाडौं’

डिसी नेपाल
१५ असोज २०७५ ८:४०

काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कथा काठमाडौंलाई विशेष शोमा रुचाइएको छ। राजधानीस्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा गरेका छन्।

फिल्म हेर्न पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माधव वाग्ले, निर्देशक नविन सुब्बा, अशोक शर्मा, प्रदीप भट्टराई, दिपेन्द्र के खनाल, साम्तेन भुटिया, दिपेन्द्र लामा लगायत उपस्थित थिए। कलाकारतर्फ खगेन्द्र लामिछाने, दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्मा, जितु नेपाल, प्रशान्त ताम्राकार, पूजा शर्मा, वर्षा राउतसँगै कथा काठमाडौं युनिटले फिल्म हेरेका थिए।

अहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गायक विजय राईले निर्माण गरेका हुन्। यसमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान डिएस जोशी, सन्जोग कोइराला, सन्ध्या केसी र पेक्षा अधिकारी लगायतको अभिनय रहेको छ।

टेलिफिल्म निर्देशनमा चर्चा कमाएकी सञ्चारकर्मी संगीता श्रेष्ठले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेकी छिन्। उनले फिल्ममा काठमाडौंका भिन्नभिन्न तीन कथालाई देखाउने प्रयास गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *