अभिनेत्री श्रद्धा कपुर गम्भिर रोगबाट ग्रस्त
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गम्भिर रोगको समस्या देखिएको छ।
केही दिनअघि चर्चित कमेडियन भारती सिंह र उनका पति हर्षलाई डेंगुको समस्या देखिएको थियो। अब भने रोग श्रद्धा कपुरलाई पनि देखिएको हो।
श्रद्धा केही समय आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा थिइन्।
श्रद्धा चाडै चर्चित ब्याटमिन्टन खेलाडी साइना नेहवालको जीवनीमा आधारीत फिल्ममा देखिने भएकी थिइन्। जसका लागि उनी यस चलचित्रको छायांकनमा व्यस्त थिइन्। यसै क्रममा पनि गम्भिर रोग डेंगुको समस्याबाट ग्रस्त बनेकी हुन्।
डेंगुको संक्रमण देखिएपछि उनले आफ्नो चलचित्रको छायांकन स्थगित गरेकी छिन। दुई दिनदेखि श्रद्धाको स्वास्थ्य अवस्थामा खराबी देखिएपछि उनले स्वास्थ्य जाँच गराएकी थिइन्। जाँचका क्रममा उनलाई डेंगुको संक्रमण देखिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment