भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली श्रीमती अनुष्कासँग छुट्टिनै सक्दैनन्, यस्तो छ कारण

डिसी नेपाल
२२ असोज २०७५ ५:४९

एजेन्सी। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नै श्रीमती अनुष्का शर्मासँग एक मिनेटपनि टाढा बस्न मन पराउँदैनन्। शायद त्यही कारण हुनुपर्छ विराटेले बीसीसीआईसँग विदेशमा हुने खेलका क्रममा क्रिकेटरका श्रीमती वा गलफ्रेण्डलाई सँगै लैजाने अनुमति दिनुपर्ने भन्दै अनुरोध गरेका छन्। विराटको यो अनुरोध क्रिकेट बोडसँग इंल्याडमा हुने टेस्ट सीरिजको दुई हप्ता पहिला गरेका हुन्। अनुष्का बेला बेलामा विराटसँग विदेशमा हुने खेलमा स्टेडियममा देखिने गरेकी छन्।

विटारले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग खेलाडीका श्रीमतीलाई विदेशमा हुने खेलको समयमा पूरै समय बस्न अनुमति दिन अनुरोध गरेका थिए। कोहलीको मागप्रति एक अधिकारीले भने–विराटले यस्तो माग गरेका छन् तर हामी हतारमा कुनै निर्णय लिन्नौं।’

मौजुदा नियमका अनुसार विदेशमा हुने खेलमा खेलाडीले श्रीमतीलाई दुई हप्तासम्म मात्र सँगै राख्न पाउने व्यवस्था छ। कोहलीले यो मुद्दालाई बीसीसीआईका एक वरिष्ठ अधिकारी समक्ष उठाएका थिए। ती अधिकारीले कोहलीको यो मागलाई विनोद राय र डायनाको अक्ष्यक्षता भएको सीओएसम्म पुर्याएका छन्।

मिडिया रिपोर्टसका अनुसार यो बीसीसीआईको नीतिगत निर्णयमा भर पर्छ। सीओए नयाँ बीसीसीआई निकायको गठनसम्म यो विषयमा कुनै प्रतिक्रिया नदिइ बस्न सक्छ। खेलाडीसँगै श्रीमती लैजाने कुरा बेला बेलामा मुद्दाको रुपमा उठ्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *