एउटा चलचित्र जसले मनोरञ्जनका लागि बलात्कार र दुर्व्यवहारको सहारा लिइयो

डिसी नेपाल
२६ असोज २०७५ ५:५७

एजेन्सी। बलिउडमा यतिबेला सबैभन्दा धेरै चर्चा यौन दुव्र्यवहारको भइरहेको छ। निर्देशक सुभाष कपुरमाथि लागेको आरोपपछि अभिनेता आमिर खानले सुभाषको फिल्म (मुगल) छोडिदिएका थिए। (बाहुबली) की अभिनेत्रीले सामाजिक संजालमार्फत यौन दुव्र्यवहारको परिभाषा बताउने कोसिस गरिन्।

तर, जुन नराम्रो कामकालागि फिल्म उद्योगमा वहश छोडिएको छ, त्यसैको साहार केही फिल्ममा मनोरञ्जनकालागि लिइएको छ। रियल लाइफामा जसलाई दुव्र्यवहार भनिन्छ वा यौन दुव्र्यवहार पनि भनिन्छ, रील लाइफमा हिरोले त्यसो गर्दा हिरोइन रिसाउने वा मुद्दा मामिला गर्ने भन्दा पनि हिरोसँग प्रभावित हुन्छिन् र हिरोसँग प्रेम गर्न थाल्छिन्।

भारतीय सिनेमाको सुरुवाती दिनदेखि नै यही हुँदै आएको छ। कहिले राजकपुर गाउँछन्–बोल राधा बोल संगम होला की नही।।।’ राधा पूरै गीतमा नाइ भन्छिन्, तर अन्तिममा राजकपुरको ढिपीको अगाडि झुक्न बाध्य हुन्छिन्। यसको सन्देश के हो भने युवतीले नाइ भनिन् भने त्यसलाई ल भनेर बुझ्नुपर्छ। युवतीलाई सताउँदै गर्नुस एक दिन उनी मान्न तयार हुन्छिन्। र यो आज पनि जारी छ। कतिसम्म भने (बाहुबील ः द बिगिनिङ) (२०१५) जस्ता ठूलो बजेटका फिल्ममा पनि यस्ता सीन राखिएको छ।

फिल्मको एक सीनमा शिवा (प्रभास) अवंतिका (तमन्न भाटिया) सँग जान्छन् र उनको कपडा खोल्न थाल्छन्। शिवाले यस्तो अवंतिकाप्रति आफ्नो प्रेम देखाउन गर्छन्। अवंतिका यसको विरोध त गर्छिन् तर जसै शिवाको शारीरिक सुन्दरताको अनुभव गर्छिन, तब उनी सहज महशुस गर्छिन्। यो सीनलाई लिएर निकै विरोध भएको थियो। सामाजिक संजालमा यसलाई रोमान्स नभएर बलात्कारको रुपमा हेरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *